surkhet

आजबाट माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने ,,

surkhet

मङ्सिर १, काठमान्डौ – केहि महिना अगाडी ट्याक्सी चालकलाई ज्याकेट अनिवार्य गरेको सरकारले अब पुन: काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ ।महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ ।

अहिले यो राजधानी भित्रमात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ ।महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइएको थियो । तर, त्यसको कार्यान्वयन भएको थिएन ।

Gorkha

महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए ।

Dailekh

महासंघका महासचिव सरोज सिटौलाले फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको बताए ।आगामी दिनहरुमा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने महासचिव सिटौलाको भनाइ छ ।

salyan