surkhet

इन्टरपोल महासभामा भाग लिन दुबइ हिडे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ,,

surkhet

मङ्सिर ,१ काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल दुवै पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७ औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।

महासभामा सहभागी हुन महानिरीक्षक सँगै प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीसमेत गएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

Gorkha

महासभामा १९२ देशका प्रतिनिधि सहभागी हुने बताइएको छ । त्यसमा सदस्य राष्ट्रहरुका वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशहरुका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुनेछ ।

Dailekh

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी बाह्य लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेटसम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखनजस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछ ।

salyan