बुटवल बन्यो हर्न निषेधित क्षेत्र ,,
१ मंसिर, बुटवल – प्रदेश ५ को राजधानी बुटवलको शहरभर हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । यो भन्दा पहिले राजधानीमा यो नियन लागु गरियको थियो ।एक महिना सम्म लागु भयपनी पछि पहिले जस्तै हर्न , वायु प्रदुषणले गर्दा यात्रु देखि सर्वसाधारणमा टाउको दुखाईको विषय बनेको छ ।
शनिबारदेखि बुटवललाई हर्न निषेधित शहर घोषण गरिएको हो । ठुला वा साना सवारी साधनले हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले हर्न निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रदेश नम्बर ५ का वरिष्ठ प्रहरी उपरिक्षक नर बहादुर केसीले बताए ।
बुटवल उपमहानगर र ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ को संयुक्त प्रयासमा पहिलो चरणमा बुटवललाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर ५का प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताए ।प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले स्थानिय सरकारसँग समन्वय गरि अभियानलाई तिव्रता दिइने जानकारी दिए ।
बुटवलको तिनाउ पुल देखि गोलपार्क, राजमार्ग चौराह हुदै वेसक्याम सम्मको नगरको एरियामा शनिवार देखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । एक महिना सचेतना अभियान चलाइनेछ भने त्यसपछि अटेर गर्नेलाई कारवाही गरिने छ ।