surkhet

पोखरामा बेलुन चढ्न नेपालीलाई ११ हजार ,,

surkhet

मंसिर १ पोखरा – पोखरा सबैको प्यारो र पर्यटकीय स्थल थलो मानिन्छ। यँहा जो कोही आयर मनोरंजन गर्न सक्छन ।पोखराको फेवाताल , बेगनासताल हिमाल , ताल तलैया आसपासका क्षेत्र मुख्य आकर्षक हुन् ।अहिले सम्म डुंगा , प्याराग्लाईडिङ्ग बञ्जीजम्प, जीप ˆलायर, क्यानोनिङ बाट पर्यटक हरु रमाउने गरेका थिय ।

अब भने पोखरामा हट एयर बेलुन साहासिक खेल बनेको छ। शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा आएको छ । हट एयर बेलुनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले एट एयर बेलुन चढेरै यसको मजा लिएका छन् । हट एयर बेलुन चढेपछि मुख्यमन्त्री गुरुङले भने, ‘यस्तै नयाँ ,नयाँ पर्यटकीय प्रडक्टले २०२२ सम्म २० लाख पर्यटक भित्राउने प्रदेशको लक्ष्य प्राप्त हुने छ ।

Gorkha

हट एयर बेलुन उडाउन प्रालिले डेढ करोड रुपैयाँ खर्च गरेर इटलीबाट यो बेलुन मगाएको हो ।बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार रुपैयाँ र विदेशी पर्यटकले १ सय ६० डलर तिर्नुपर्ने प्रवन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । ‘झट्ट सुन्दा यो महंगोजस्तो लाग्छ तर, यो अन्य देशको तुलनामा धेरै जस्तो हो’ महर्जनले भने, ‘साहसिक खेल मन पराउनेका निम्ति यो मूल्यभन्दा पनि एउटा अवसर हो ।

Dailekh

सानो बेलुनमा ६ जना र ठूलो बेलुनमा ८ जनासम्म उडाउन सक्ने यसको क्षमता छ । बेलुन चड्ने प्रत्येक यात्रुको २० हजार डलरको इन्सोरेन्स गरिएको निर्देशक महर्जनले बताए ।

salyan