नागरिकता वितरणमा सरकार सचेत हुन पर्छ गृहमन्त्री थापा ,,

मङ्सिर २ काठमाडौं- सरकारले नागरिकता वितरणमा सचेत र कडाईका साथ् लिन पर्ने गृहमन्त्री रामबहादुर थापाले बोलेका छन् ।
नागरिकता भनेको राष्ट्रिय अखण्डतासँग जोडिएको संवेदनशील विषय हो वितरणमा कडाई हुन पर्छ थापाले भने । आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले राष्ट्रको सुरक्षासँग जोडिएको विषय भएकाले यसको वितरणमा सरकार सचेत रहेको पनि स्पष्ट पारे ।

गृहमन्त्री थापाले राष्ट्रको विकास, पहिचान र सुरक्षासँग जोडिएकाले यस विषयमा आवश्यक कानुन बनाउँदा सचेत रहन पनि सांसदहरुलाई आग्रह गरे । त्यस अवसरमा उनले विदेशी नागरिकलाई नागरिकता दिएको भन्ने विषयमा सरकारले आवश्यक छानवीन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । गृहमन्त्री थापाले नागरिकता वितरणमा आर्थिक चलखेल हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कडा निगरानी राख्ने चेतावनी पनि दिए ।

बैठकमा समितिका सदस्यहरुले ४० लाख बढि विदेशी नागरिकलाई नेपाली नागरिकता दिएको चर्चा हुने गरेको भन्दै त्यसको छानवीनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य झपड रावलले विदेशी नागरिकलाई नेपाली नागरिकता दिएको विषयमा छानवीन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरे ।

lekbesi

समितिका अर्का सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले विदेशीले नेपाली नागरिकता पाउने समस्या समाधान हुनेगरी विधेयकलाई पारित गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । स्वदेशी नागरिकले नागरिकता नपाउने बिडम्बनापूर्ण अवस्थाको पनि अन्त्य हुने गरी विधेयकलाई टुंगो लगाउनुपर्ने शर्माको भनाई छ ।सरकारले नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गर्नका लागि सो विधेयकको संशोधन प्रस्ताव संघीय संसदमा पेश गरेको हो ।