surkhet

अब प्रहरीलाई १०० न संगै एसएमएसबाटै अपराधको सूचना दिन सकिने ,,

surkhet

मंसिर,२ काठमाडौं – अब नेपाल प्रहरीको नम्बर १०० मा एसएमएस गरेर पनि अपराध सम्बन्धी सूचना दिन सकिनेछ । पहिले १०० मा फोन गरेर अपराधिक समाचार टिपाउने ठाँउमा संगै १०० मा एसएमएस पनि गर्न सक्ने छन्। यो सेवामा एसएमएस गर्दा पैसा भने लाग्ने छैन ।नेपाल प्रहरीले १३ औं महानगरीय दिवसको अवसरमा प्रहरीले निःशुल्क एसएमएस सेवा सुरु गरेको हो ।

Gorkha

आइतबार प्रहरी प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक समारोहका बीच निमित्त प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले एसएमएस सेवाको उद्घाटन गरे ।सेवा प्रारम्भ गर्दै कार्कीले निःशुल्क एसएमएस सेवा सुरु गर्न सहयोग गरेको भन्दै नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन गरे ।

महानगरीय प्रहरीलाई प्रविधिमैत्री बनाउने क्रममा सीसी टीभी, जीपीएस, डिजिटल ट्याकिङ प्रणाली र हाम्रो पुलिस एप्स तथा ट्राफिक प्रहरी एप्स प्रयोगमा ल्याइएको समेत बताए ।उनले काठमाडौंलाई मेट्रो शहरको रुपमा विकास गर्ने र सेवा सुविधा तथा पूर्वाधार निर्माण गर्ने प्रमुख आधार भनेकै सुरक्षा भएको उल्लेख गर्दै महानगरीय प्रहरीलाई विशेष अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिए ।

salyan