साम्राज्ञीले मनाईन माफ्नो प्रेमीसंग जन्मदिन ,,
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो जन्मदिन मनाएकि छिन ।सबैको चर्चाको पछाडी कुनै राज हुन्छ । तेस्तै व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहँदा साम्राज्ञी सधै नै लाइमलाइटमा रहेकी थिइन् । तर, यी दुइको प्रेम शंकै शंकाले लंका जलाउँछ भने जस्तै भयो । यसपछि दुइले अलग हुने बाटो रोजेका थिए ।
मयंकसँग अलग भएको केही समयमा नै साम्राज्ञीले अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्ध गाँसेको चर्चा चलचित्र बजारमा छ । केही महिना अगाडि जापानमा आयोजना भएको एक अवार्ड समारोहबाट फर्कने क्रममा साम्राज्ञीका प्रेमी उनलाई लिन त्रिभुवन विमानस्थलमा पुगेका थिए । साम्राज्ञीले यो विषयमा भने खुलेर बोलेकी छैनिन सो समयमा विमानस्थल बाहिर रहेका पत्रकारबाट छलिन साम्राज्ञीले अन्य नायिकासँग मुख र टाउको ढाक्नका लागि कपडा मागेको चर्चा चलचित्र बजारमा अहिले पनि चल्ने गर्दछ ।
उनै, साम्राज्ञीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । साम्राज्ञीले आफ्नो जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको वुझिएको छ । शनिबार मध्यरातपछि उनको घरमा पार्टी चलेको थियो । साम्राज्ञीको पार्टीमा उनका केही नजिकका साथी मात्र उपस्थित थिए । उनीहरुले इन्स्टाग्राममा राखेको तस्बिरमा पनि साम्राज्ञी, उनका प्रेमी देवांश र साथीहरु खुबै झुमेको देख्न सकिन्छ ।