Gold

पेट्रोलको मूल्य १ रुपैयाँ ,,

Naumule Migrate

मंसिर ३ , नेपालमा पेट्रोल डिजेलको मूल्य कति पर्छ हजुरलाई थाहा छ होला ।यहि १ सय १८ , सम्म तेही पनि पाउनलाई घन्टौ लाईन कुरा पर्छ ।संसारमा यस्ता देश पनि छन् जँहा पेट्रोल निकै सस्तोमा पाइन्छ ।१. संसारको सबैभन्दा सस्तो पेट्रोल भेनेजुएलामा पाइन्छ । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.०१ डलर अर्थात् एक रुपैयाँ १४ पैसा छ ।

२. दोस्रोमा आउँछ सुडान । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.१३ डलर हो अर्थात् १४ रुपैयाँ ८५ पैसा हो ।

३. त्यसपछि आउँछ इरान । यहाँ एक लिटर पेट्रोलको मूल्य ०.२९ हो अर्थात् ३३ रुपैयाँ १२ पैसा ।

४. चौथो स्थानमा छ कुवेत जहाँ एक लिटर पेट्रोल ०.३५ डलर अर्थात् ३९ रुपैयाँ ९७ पैसामा पाइन्छ ।

५. साथै इक्वेडरमा एक लिटर पेट्रोलको मूल्य ०.३९ डलर हो अर्थात् ४४ रुपैयाँ ५४ पैसा ।

६. छैटौं स्थानमा छ नाइजेरिया । यहाँ ०.४० डलर अर्थात् ४५ रुपैयाँ ६८ पैसामा एक लिटर पेट्रोल पाइन्छ ।

७. तुर्कमेनिस्तानमा एक लिटरको पेट्रोलको ०.४३ डलर अर्थात् ४९ रुपैयाँ ११ पैसा पर्छ ।

८. इजिप्टमा पनि तेलको मूल्य नेपालको तुलनामा सस्तो छ । यहाँ एक लिटर पेट्रोल ०.४४ डलर अर्थात् ५० रुपैयाँ २४ पैसामा पाइन्छ ।

९. अजरबैजानमा एक लिटर पेट्रोलको मूल्य ०.४७ अर्थात् ५३ रुपैयाँ ६८ पैसा छ ।

१०. काजकस्तानमा एक लिटर पेट्रोलको मूल्य ०.४९ डलर अर्थात् ५५ रुपैयाँ ९६ पैसा छ ।
श्रोत : www.globalpetrolprices.com

एजेनसी ,,

Naumule Badhipahiro