प्रसादको प्रदर्शन मिति नजिक आउदै गर्दा नम्रतामा डर र उत्साह ,,
चलचित्र ‘प्रसाद’लाई लिएर नायिका नम्रता श्रेष्ठको मनमा डर र उत्साह दुबै छ । उनको चलचित्र प्रसाद मंसिर २१ गतेबाट रिलिज हुदै छ ।चलचित्रको गीत र ट्रेलरलाई दर्शक र समिक्षकले निकै मन पराएपछि नम्रता उत्साहित पनि छिन् । तर, दर्शक र मिडियाले अपेक्षा गरेअनुसार पाएनन् भने के होला भन्ने डर पनि उनको मनमा छ ।
यसैले पनि नम्रता हिजोआज राम्रोसँग निदाउन सकेकी छैनन् । नम्रताले भनिन्,‘म हलमा गएर बस्दा पनि चलचित्रको ट्रेलरलाई लिएर दर्शकमा उत्साह खुबै रहेको पाएँ । यसले मलाई अत्यन्त खुशी बनाएको छ । तर, मनमा डर पनि छ । दर्शकले कतै सोचे जस्तो भएन भने के होला भन्ने पनि लाग्छ ।
विपिन कार्की र नम्रतालाई ट्रेलर गीत हेरेर दर्शक निकै उत्साहित छन् उनि चलचित्रमा विपिनको श्रीमतिको भूमिकामा छिन चलचित्रमा सधै नै भिन्न भूमिका गर्न रुचाउँने नम्रताले चलचित्रको बिषयमा दैनिक नै निर्देशक दिनेश राउतसँग कुरा हुने जानकारी दिइन् । दर्शकले दिएको प्रतिक्रियामा आफू उत्साहित रहेको उनको भनाई छ । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठ श्रीमान्–श्रीमतिको भूमिकामा छन् भने निश्चल बस्नेत विपिनको साथीको भूमिकामा छन् ।
सुवास थापाले यो चलचित्र निर्माण गरेका हुन् ।सन्तान नभएपछि एक दम्पत्तीले भोग्ने पीडा र त्यसमा बाहिरी पुरुषको खेललाई चलचित्रले सम्वेदनशिल तरिकाले देखाएको छ । नम्रताले यो चलचित्रका लागि नक्कली कपाल लगाएकी थिइन् । तर, उनको गालामा रहेको कोठी पनि नक्कली नै हो । नम्रता कोठी राखेर हेर्दा राम्रो लागेपछि आफ्नो क्यारेक्टरमा नै त्यसलाई प्रयोग गरिएको बताउँछिन् ।