Gold

केवल कार चडन जाउ पोखरा घान्द्रुक ,ल्वाङ ,,

Naumule Migrate

मंसिर,४ पोखरा – प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भएर पनि नेपालले पर्याप्त संख्यामा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन । यसको एउटा कारणका रुपमा नेपाललाई विदेशीहरुसामु चिनाउने श्रव्यदृष्य सामग्रीकै अभाव रहनुलाई समेत मानिन्छ ।यसैलाई मध्यनजर गर्दै पर्यटन बोर्डसँगको सहकार्यमा नेपाल एट्थ वोन्डरको टिमले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डकुमेन्ट्री निर्माण गर्न थालेको छ ।

यही सिलसिलामा ‘हेवन इज मिथ नेपाल इज रियल’ नामको भिडियो श्रृंखलाअन्तरगत दोस्रो एपिसोड सार्वजनिक गरिएको छ । दोस्रो एपिसोडमा पोखरा, घान्द्रुक र ल्वाङ गरी तीन ठाउँ समेटिएका छन् ।यी तीनवटै स्थान आ–आफ्नै विशेषताहरुले भरिपूर्ण छन् । प्राकृतिक रमणियताले मात्र नभएर सांस्कृतिक विविधताले समेत यी स्थानलाई चिनाएका छन् ।

पोखरा सहर बन्जी जम्प, प्याराग्लाइडिङ, फेवा ताल बोटिङ, अल्ट्रा लाइट जस्ता चाखलाग्दा एड्भेन्चरले भरिपूर्ण छ । यस्तै पुरातन गुफाहरु, डेभिड फल्स, विश्व शान्ति स्तुपा आदि यहाँका रमणीय स्थलहरु हुन्, जसको सदृष्य वर्णन डकुमेन्ट्रीमा गरिएको छ ।त्यस्तै ल्वाङ गाउँ र त्यहाँका स्थानीय वासिन्दाले सञ्चालनमा ल्याएको ल्वाङ सामुदायिक होमस्टेमा केही दिन बिताएको अनुभव भिडियोमा समेटिएको छ । ल्वाङ गाउँको प्राकृतिक सुन्दरतासँगै मौलिक खानेकुराहरुको स्वाद लिनु निकै आनन्ददायी हुन्छ ।

 

अर्कोतिर विभिन्न गुरुङ समुदायका कयौं स–साना बस्ति, टोलहरु तथा गाउँहरु मिलेर बनेको घान्द्रुक गाउँ प्रकृतिको अनुपम उपहार हो । त्यहाँबाट मिर्मिरे बिहानीमा बाहिर निस्किँदा माछापुछ्रे, गंगापूर्ण, हिमचुली र अन्नपूर्ण जस्ता चम्किरहने हिमाल देख्न पाइन्छ ।यी तीन स्थान समेटेर बनाइएको भिडियोर्लाइ फोर ए. एम. प्रोडक्सनले छायांकन गरेको हो भने यसका न्यारेटर सुजन निरौला हुन् । नेपाली भाषामा न्यारेसन गरिएको भए पनि अंग्रेजीमा सबटाइटल दिइएको हुनाले विदेशीहरुलाई बुझन सहज हुनेछ ।

Naumule Badhipahiro