१ हजार ३ सय ९८ जना किसानको ऋण तिरिदिए भारतीय सुपरस्टार अमिताभ बच्चनले ,,
मंसिर ५ , काठमान्डौ – अभिनेता सुपरस्टार अमिताभ बच्चनले १ हजार ३ सय ९८ जना किसानको ऋण तिरिदिएका छन् ।उनि एक सफल बलिउड अभिनेता हुन्। कौन बनेईगा करोडपति उनको चर्चित कार्यक्रम हो। कार्यक्रम बाट थुप्रैले लाभ लियका छन् ।तेस्तै अभिनेता अमिताभले सामाजिक काममा थुप्रै सहयोग गरेका छन्। त्यो लेखेर , बयान गरेर पनि सकिन्न ।
गल्लि -गल्लि र चोकमा गयर बल्यान्केट बार्ने अमिताभले यसै वर्ष महाराष्ट्रका ३५० किसानहरुको ऋणपनि चुक्ता गरिदिएका थिए ।अमिताभले तिरिदिएको ऋण भारतको एक सरकारी बैंकको थियो । उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ ।
बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ जसलाई अमिताभले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।सबै किसानहरु ऋण चुक्ता भएको बैंकको कागजपत्र लिन मुम्बई जानेछन् । सबै किसानहरुलाई एकै पटक मुम्बई ल्याउन कठिन भएपछि अमिताभले रेलको डिब्बा नै रिजर्भ गरिदिएका छन् । उनीहरुलाई अमिताभले २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्ने छन् ।