चैत्र २९ गतेबाट यात्रा रिलिज ,,
चलचित्र यात्रा चैत्र २९ गते बाट रिलिज हुने भयको छ ।असोज ५ गते नै रिलिज गर्ने तयारीका साथ छायांकनमा गएको चलचित्र ‘यात्राः अ म्यूजिकल भ्लग’को नयाँ प्रदर्शन मिति तय भएको हो । छायांकन कार्य नसकीएको कारण प्रदर्शन मिति पर धकेलीएको निर्माण पक्षले जानकारी गरेको छ ।
यो चलचित्रको फस्टलुकमा नायक सलिनमान बनियाँलाई देखाइएको छ । चलचित्रमा उनको साथमा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता केशव भट्टराइ हुन् उनको जन्ममितिको दिनलाई तय गरेर मिति तोकीएको छ कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह ( निर्माता छन् ।
नयाँ बर्षको छेकेको चलचित्र रिलिज गरेर महंगो बजेटलाई उठाउने योजना यसको निर्माणपक्षको छ ।यही चलचित्रबाट नव–नायिका मल्लिका महतले चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । चलचित्रमा बाल–कलाकार अंकित संग्रौला र एन्जल राइलाई पनि देख्न सकिन्छ । यो चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन् ।