समर लभको टिजर रिलिज ….

नेपालि कथानक चलचित्र समर लभले आफ्नो टिजर रिलिज गर्ने तयारि गरेको छ । चलचित्रले आउदो शुक्रबार टिजर रिलिज गर्ने तयारि गरेको छ। चर्चित उपन्यास समरलभ चलचित्रमा आउने भयपछि दर्शकले छिट्टै हलमा हेर्न पाउने आशा राखेका छन्। केहि दिन अगाडी मात्र चलचित्र समरलभको फस्टलुक रिलिज भयको थियो ।


माघ २५ गतेलाई रिलिज मिति सार्वजानिक गरेको उपन्यास समर लभका लेखक सुविन भट्टराई हुन् ,। साया ,प्रिय सुफी , लगायत उनका थुप्रै रचित कृति हरु छन् ।समर लभलाई मुस्कान ढकालले निर्देशन गरेका हुन्। मुस्कान ढकालले अगाडी पनि नाई न भन्नु ३ निर्देशन गरिसकेका छन् ।चलचित्रमा सञ्जय लामाको छायांकन छ ।
नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् । चलचित्रमा सुरज सिंह ठकुरी नम्रता सापकोटा, आशिष ,रेवतीको अभिनय देख्न सकिन्छ ।फिल्ममा पुष्पन प्रधानको संगीत अर्जुन जिसीको सम्पादन छ ।
