surkhet

सबैको आसा खतिवोडामा ,,

surkhet

मंसिर,६ काठमाडौं – मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ ।

Gorkha

८ डिसेम्बरमा हुने मुख्य प्रतियोगिता अगाडि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यसमा जित्नेहरु सिधै क्वर्टरफाइनल (टप ३०) मा पुग्छन् । जसमध्ये टप मोडल कम्पिटिसन र बेस्ट डिजाइनर कम्पिटिसन भइसकेका छन् । मल्टिमिडिया, एड टु हेड च्यालेन्ज र ब्यूटी विथ प्रपोज जारी रहेको छ ।

सर्वोत्कृष्ट मोडेलको उपाधि फ्रान्सकी सुन्दरी माइभा कोउकेले जितेकी छन् । यससँगै उनी टप ३० मा प्रवेश गर्ने पहिलो प्रतियोगी बनिन् । यस प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला १ सय २१ जना प्रतिस्पर्धीमाझ टप ३० सम्म पुगिन् । यसमा उनी सन्तुष्ट देखिएकी छन् ।

salyan