रुकुममा ग्लोबल आइएमईको ७० औँ शाखा रहित बैंकिङ सेवा ,,

रंग दर्पण २ फागुन काठमाडौं -ग्लोबल आइएमई बैंकले फागुन ०२ गते बुधबार देखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा ७०औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

सो शाखाको सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुनले एक समारोहका बीच उद्घाटन गरेका छन् । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्कालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय १५ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ सेवा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।