बस दुर्घटना अपडेट समाचार१६ जनाको मृतु ,२७ जना घाईते ,

मंसिर ६ डडेल्धुरा – डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ,भने २७ जना घाईते भयका छन्। १० जनाको घटना स्थल र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस सडक देखि २०० मिटर तल खसेको प्रहरीले जानकारी गरेको छ।

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका,८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो । घाईते हरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।मृतकको संख्या अझै बढ्न सक्ने आसंका गरियको छ ।