Simta
Gurvakot
Gurvakot

विभिन्न मन्त्रालयको बजेट कार्यान्वयन समीक्षा गर्दै प्रधानमन्त्री ,

मंसिर ६ ,काठमाडौं -प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा विभिन्न मन्त्रालयका चौमासिक प्रगति विवरणको समीक्षा बैठक सुरु भएको छ। बैठकमा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बजेटबारे ब्रिफिङ गराइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन्।

Simta

प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिएका थिए। बुधबार पनि प्रधानमन्त्री ओलीले प्रगति विवरण समीक्षा गरेका थिए।