समर लभको टिजर हेर्नुहोस, एक थोक लियर आउछ अनि सब थोक लियर जान्छ ,,

अहिले सम्म बेस्ट सेलिङ् र दर्शकको अत्यधिक रुचाईएको उपन्यास समर लभले आफ्नो टिजर रिलिज गरेको छ। प्रेम र बिछोड कथामा आधारित टिजरले दर्शकको मन छुने छ ।टिजरमा अहिले सम्म नेपालि फ्लिममा नदेखीएको क्रुज द्खन सकिन्छ। चलचित्रको टिजरमा आसिस पिया र र रेवती छेत्रीको कथालाई देखाईएको छ ।

साथमा सुरज सिंह ठकुरीलाई पनि देखाईएको छ। माघ २५ गते चलचित्रले आफ्नो प्रदर्शन मिति राखेको छ। विशेष गरि प्रेम दिवसलाई हेरेर चलचित्रको प्रदर्शन हुने छ ।किन कि चलचित्र लभ स्टोरीमा निर्माण भयको छ। मुस्कान ढकालले निर्देशन गरेको चलचित्रलाई नाईटिङ्गेल ईन्टरटेनमेन्टले प्रस्तुत गरेको छ ।

सुबिन भट्टराई द्वारा लिखिर समर लभ चलचित्र आउने भयपछि दर्शक हर्षित छन् । चलचित्रलाइ नेपाल देखि जर्मन , नर्बे , सोलु ,दार्जिलिंग मा छायांकन गरिएको छ। केहि दिन अगाडी चलचित्रले फस्टलुक रिलिज गरेको थियो ।चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् । चलचित्रमा सुरज सिंह ठकुरी नम्रता सापकोटा, आशिष ,रेवतीको अभिनय देख्न सकिन्छ ।फिल्ममा पुष्पन प्रधानको संगीत अर्जुन जिसीको सम्पादन छ ।

हेर्नुहोस टिजर भिडियो ,,