रुकुम चौरजहारी

गृहमन्त्रीसामू पूर्वलडाकूले विष खानको कारण खुल्यो ,यस्तो रहेछ ,,

रुकुम आठ विसकोट

मंसिर ७ , काठमान्डौ – गृहमन्त्रीसामु विषसेवन गर्ने प्रयास गरेका माओवादी पुर्वलडाकु कुलप्रसाद भट्टराईले विषसेवन गर्नुको कारण खोलेका छन् ।अहिले उनको प्रहरी अस्पतालमा उपचार भईरहेको छ ।उनलाई आईसीयूमा उपचारर गरिएको छ। उनको अवस्था खतरा मुक्त रहे पनि अस्पतालबाटै अनसन सुरु गरेका छन्।

भट्टराईका कुरुवा तथा द्वन्द्व पीडित नरवीर दमाईले शुक्रबार बिहानदेखि उनले केही नखाएको जानकारी दिए । ‘बिहान चिकित्सकहरुले सुप खुवाउँदा हुन्छ भनेपछि मलाई सुप लिएर भित्र जान दिइएको थियो’, नरवीरले भने, ‘तर, उहाँले खान मान्नु भएन । माग पूरा नहुञ्जेल अनशन बस्छु भन्नु भयो ।

भट्टराई लगायत अन्य पुर्वलडाकुहरु लामो समय देखि गृहमन्त्री , प्रधानमन्त्री , अध्यक्ष प्रचण्डलाई भेटेर आफ्ना ज्ञापन पत्र बुझाएका थिय ।कुनै सुनुवाई नभयको र उल्टो दुर्वायाहार भयको अर्का लडाकु नरवीर दमाईले बताए। द्वन्दकालमा घाईते भयका लडाकुहरुको क्षत विक्षेत अंग भंग भयको उपचार सरकारले नगरेको उनि हरुको गुनासो छ ।

उपचार गर्दा गर्दा औसधि किन्ने पैसा समेत नभयको उनि बताउछन । मन्त्रालयले कुनै पनि वास्ता नगरेपछि बाँच्न भन्दा मर्न बेश भयको भन्दै विष सेवन गरिएको उनीहरु बताउछन ,।

यस्ता छन् पुर्वलडाकुका माग ,,

 

 

१  जनयुद्धमा घाइते बनेकाहरुले ‘जनयुद्ध तथा जनआन्दोलन घाइते व्यवस्थापन सरोकार समिति’ नाममा संगठन बनाएका छन् । समितिले ३ बुँदे माग राखेको छ । नरविर भन्छन्, ‘पहिलो कुरा त हाम्रो समस्याको दीर्घकालिन व्यवस्थापन हुनु पर्‍यो । दोस्रो, जीवन निर्वाह भत्ता वृद्धि गराइदिनु पर्छ । तेस्रो, उपचार पूर्णतः निःशुल्क हुनुपर्छ ।

२  हामीले बालुवाटार गएर प्रधानमन्त्रीलाई भेटनौं कि मन्त्रीलाई भेटेनौं कि’, उनले भावुक हुँदै भने, सबैलाई हाम्रो समस्या थाहा छ । तर,            उहाँहरु मौन हुनुहुन्छ ।

३  हाल स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिएपछि वीर हस्पिटलमा द्वन्द्व पीडितहरुले निःशुल्क उपचार पाइरहेका छन् । ‘तर, यसका             लागि काठमाडौंमा बस्नु पर्‍यो । खानु पर्‍यो । फार्मेसीबाट हरेक औषधि खरिद गर्नु पर्छ । कसरी सक्नु ?’उनी प्रश्न गर्छन् ।

४ गृहमन्त्रालयले आवश्यक पहल नगर्दा आफूहरुको अवस्था फेरिन नसकेको उनको गुनासो थियो । हाल २०० जना द्वन्द्व पीडितको               राजधानीमा उपचार भइरहेको छ तर, उनीहरुमध्ये अधिकांश जग्गा, घर धितो राखेर उपचार गरिरहेको दमाई बताउँछन् ।