surkhet

नेत्रविक्रम चन्द ‘विप्लवको शक्ति प्रदर्शन ,,

surkhet

मंसिर, ८ काठमान्डौ – नेत्रविक्रम चन्द विप्लव समुहले काठमान्डौको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेको छ। अहिलेको राजनीतिक व्यवस्थाप्रति नै अहमति जनाउँदै आएको विप्लव नेतृत्वको पार्टीले यस सभालाई आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ। पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ।

Gorkha

सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइएको छ। सडक सभास्थल बनेपछि उक्त सडक बन्द भएको छ। राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट निस्केका जुलुससभातर्फ आइरहेका छन्। पार्टीका महासचिव विप्लव स्वयं भने सभामा उपस्थित नहुने भएका छन् ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इ मुख्य बक्ता तोकएिको छ । पार्टी एकीकरणप्रति अहमति जनाइ माओवादीको पुनर्गठन गर्ने भन्दै अलग्गिका पूर्व माओवादी नेता गोपाल किराँतीले पनि सभालाई संबोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।

salyan