चलचित्र जिरोममा यस्ता देखिए शारुख खान र अनुष्का ,

डिसेम्बर २१ तारिखबाट रिलिज हुन लागेको चलचित्र ‘जिरो’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मेरे नाम तु’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै युटुबमा यसले हंगामा मच्चाएको छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई गौरी खानले निर्माण गरेकी हुन् । हिमान्सु शर्माको लेखनमा तयार भएको चलचित्रको यो गीतमा अभय जोधापुरकारको स्वर, अजय,अतुलको संगीत, इर्शाद कामिलको शबद छ ।

युटुबमा गीतको २ मिनेटको मात्र भिडियो सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिकसँगै चर्चामा रहेको यो चलचित्रको यो गीतले यसको हाइप अझै बढाउन पक्का छ । गीतको भिडियोमा नायक साहरुख खान र नायिका अनुष्का शर्मालाई फिचरिङ गरिएको छ । चलचित्रमा नायिका कट्रिना कैफको पनि मुख्य भूमिका छ । चलचित्रमा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् ।