Simta
Simta
lekbesi

जाडो बढेपछि चिन र रुस बाट चितवनमा आय चरा हरु ,,

Gurvakot

मंसिर ,८ ,चितवन – जाडो समय बढे पछि रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा हरु नेपालमा आउने गरेका छन्। हरेक वर्ष यसरि चरा हरु यँहा आउने गर्दछन ।सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताए ।

सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उनको भनाइ थियो ।लामो दूरीबाट आउने हुँदा ठाउँ ठाउँमा बस्दै जाडो छल्न आउने ती चाराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महीनादेखी नै आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गरेको उनले जानकारी दिए ।

नेपालकै हिमाली क्षेत्रबाट पनि चरा मधेश झरेका छन् । बिडारीका अनुसार १५० भन्दा बढी प्रजातिका चरा चितवन आइपुगेका छन् । पानीमा आश्रित ती चरा चितवन राष्ट्रिय निकुञ्जभित्रका ताल र राप्ती नदी वरपर बस्ने गर्दछन् । मङ्सिर १५ गतेपछि पानीमा आश्रित चरा गणना गर्ने गरिन्छ । गत वर्ष नेपाल बाहिरबाट ५२ प्रजातिका चरा यहाँ आएको उनले बताए ।

lekbesi

उक्त सोसाइटीका अध्यक्ष सरस्वती सेढाईंले प्रत्येक वर्ष बाहिरबाट आउने चराका प्रजाति बढदै गएको बताइन् । गणनाका बेला विभिन्न प्रजातिका निकै देख्न सकिने चरा साइबेरियाभन्दा परबाट समेत आउने भएपछि यस समयमा चरा हेर्न रुचाउने पर्यटक बढी आउने जानकारी उनले दिइन् ।

अहिले नेपालमा ८८७ प्रजातिका चरा रहेकामा ६३५ प्रजाति चितवनमा पाइन्छन् । यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गर्मीयाममा पनि चरा धेरै देख्न सकिने भएपछि पर्यटकको आकर्षण चरा पनि बन्ने गरेको छ ।

Simta