surkhet

विप्लवको कार्यक्रम नियाल्न सरकारले गर्यो ८०० प्रहरी परिचालन ,,

surkhet

मंसिर . ८ काठमान्डौ – काठमाण्डौको भृकुटीमण्डपमा आज नेत्रविक्रम विप्लव चन्दले जनसभा गरेको छ ।जिल्ला सुरक्षा समिति काठमाडौँले विप्लवको कार्यक्रम नियाल्नका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा ‘कमाण्ड पोष्ट’ खडा गरेको छ । काठमाडौंको बबरमहल, लैनचौर र कालिमाटीबाट निस्किएको जुलुस तथा कार्यक्रम स्थलको सुरक्षार्थ ८ सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए ।

Gorkha

कमाण्ड पोष्टमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल, राष्ट्रिय अनुसन्धान विभागका एसपी र सशस्त्र प्रहरी बलका एसपीले संयुक्त रुपमा कार्यक्रम स्थलको बस्तुस्थिति बारे निगरानी गरिरहेका छन् । कार्यक्रम स्थलको सुरक्षार्थ प्रदर्शनीमार्गमा काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा उल्लेख्य संख्यामा नेपाल प्रहरीका सिनियर अफिसरहरु खटिएका छन् ।

पार्टी पुनर्गठन दिवसको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको सभामा करिब १२ हजारको संख्यामा कार्यकर्ता तथा समर्थक उपस्थित हुने सुरक्षा निकायले आँकलन गरेका छन् । जनसभालाई स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्म ‘प्रकाण्ड’ लगायतले सम्वोधन गर्ने कार्यक्रम छ । विप्लव भने भूमिगत छन् उनले बाहिर बाट पार्टी कमाण्ड गरि रहेका छन्।

salyan