प्रकाण्ड भन्छन् सरकारनै बलात्कारी ,,
मङ्सिर ८ , काठमाण्डौ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा आज शक्ति प्रर्दशन गरेको छ। नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवसको ‘विशाल जनसभा’ कार्यक्रमको आयोजना गरेको हो। जनसभामा पार्टीक नेताले आ आफ्नो धारणा राखेका छन् ।कार्यक्रममा नेत्र विक्रम छन्द विप्लव भने उपस्थित भएनन ।जना सभामा खड्क बहादुर विश्वकार्मा प्रकाण्डलाई प्रमुख अतिथि बनाईएको थियो।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आधिकारिक धारणा प्रस्तुत गर्ने क्रममा पार्टीको कार्यगत नीति सार्वजनिक गर्न सकेनन्। उनले सरकारबारे पार्टीको धारणा र क्रान्तिको अपरिहार्यताबारे प्रष्ट्याए। अर्कैको इसारामा सरकारले आफूहरूमाथि दमन गरेको समेत प्रवक्ता प्रकाण्डले कार्यक्रममा बताए। ‘दलालको इसारामा ओली सरकारले हाम्रो पार्टीलाई दमन गर्यो, सरकारले हाम्रो पार्टीलाई अघोषित प्रतिवन्ध गरेको छ।’
उनले भने तर असफल भयो पार्टीका सबै मन्त्रीहरू भ्राष्टाचारमा लागेको समेत प्रकाण्डले दाबी गरेका छन्। ‘हामीले सात साल यता सङ्घर्ष गर्दै आयौं त्यो आन्दोलनको लक्ष राज्यको स्वाधिनता र जनताले राज्य संञ्चालन गर्ने अधिकार थियो’ उनले भने,’हामीले पनि आन्दोलन गर्यौं तर हाम्रो कान्ति बीचमा असफल भयो, नेपाली जनता सत्तामा पुगेन, बीचमा दलाल पुँजिपति वर्ग आएर अहिले त्यही वर्गले आन्दोलनको दुरुपयोग गरिरहेको छ, सत्तासिन छ।
सामाजिक असुरक्षा बढेको र सरकार त्यसमा उदासिन बनेको आरोप पनि उनले लगाए ।निर्मला बलात्कार र हत्या प्रकरणमा सरकारका मन्त्रीहरुकै नातेदारको संगलन्न रहेको आंशका गदै विश्वकर्माले निर्मलाको बलत्कार र हत्या प्रकरणको आफनै पार्टीले अनुसन्धान गर्ने र दोषी पत्ता लगाएर कारबाही गर्ने बताए ।
विश्वकर्माले भने, ‘हामी देशव्यापी रुपमा विरोध प्रर्दशन राखेका छौं । यसको कडा विरोध गछौं ।’उनले अहिलेको सरकारले खिर्राेको बोटमा स्याउ फल्दैछ भनेर जनतालाई भ्रमित बनाइरहेको आरोप लगाए।कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष गोपाल किँरातीले पनि आफ्नो धरणा प्रस्तुत गरे। कार्यक्रममा उनले प्रचण्डलार्इ डाँकाको शंज्ञासमेत दिएका हुन्।
प्रचण्डले क्रान्तिको नाममा जनतासँग डाँकाले जस्तो व्यवहार गरेको उनको गुनासो गरे। किँरातीले भने,’यीनिहरुको दाउ कम्युनिस्ट बदनाम गर्ने छ। त्यसैले प्रचण्ड प्रवृतिको बन्ध्याकरण गर्नुपर्छ।’ सबै माओवादी घटकको एकता प्रकृया चलिरहेको समेत उनले बताए।कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि कट्टेलले उक्त सभाले सबैको मनोभावलार्इ बढाएको बताए।
‘जनताका आवाज उठाउँदै न्यायका लागि आवाज उठाइरहेका शक्तिलार्इ यस सरकारले जेलमा कोचीरहेको छ’ नेता कट्टेलले भने ।