सुभाषमाथिको आरोप फिर्ता ,तनुश्री दत्तको मि टु सुस्तायो ,,
बलिउमा केही समय‘मि टु’ प्रकरण निकैनै चर्केको विषय हो तर अहिले यो सेलायाको छ । नायिका तनुश्री दत्तले लगाएको आरोपमा पनि अहिलेसम्म कानुनी कदम दरिलो तरिकाले अगाडि बढेको छैन । मुम्बई प्रहरीलाई आफूले मुद्दा अगाडि नबढाउने जानकारी उनले दिएकी छिन् ।
उनले ‘मि टु’ अभियानप्रति आइरहेको प्रतिक्रियाबाट आफू निराश भएको बताएकी छिन् । उनले ‘मि टु’ अभियानलाई मजाक बनाइएको समेत बताएकी छिन् । उनी अब आफ्नी आमाको उपचारमा ध्यान केन्द्रित गर्ने सोचमा छिन् ।
यसैविच, बलिउडका चर्चित निर्देशक सुभाष घइमाथि एक नव–नायिकाले लगाएको आरोप फिर्ता लिएकी छिन् । नायिका केट शर्माले घइमाथि लगाएको आरोप फिर्ता लिएको बताएकी छिन् ।