चीनमा हुन लागेको मिसवर्ल्ड श्रृंखलामा १५ प्रतिस्पर्धीलाई उछल्नित कवयत्रीले ,,

१० मंसिर, काठमाडौं – चीनमा ८ डिसेम्बरमा ६८ औं मिस वर्ल्डको फाइनल राउण्ड हुँदैछ । उक्त फाईनल राउण्डमा १५ देशकि सुन्दरी सहभागी छन् । ति मध्ये नेपालकी सुन्दरी श्रृंखला खतिवडाले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइरहेकी छन् ।

यसपालि मिस वल्र्डका दाबेदारहरुको चर्चा गर्दा श्रृंखलाको नाम कसैले पनि छुटाएको पाइँदैन । यूट्युव, अनलाइन पोर्टल र ब्लगहरुले बिजेताको पूर्वानुमान गर्ने क्रममा उनलाई अग्रस्थानमा राखेका छन् । मल्टिमिडिया अवार्डका लागि भइरहेको अनलाइन भोटिङमा त श्रृंखला अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।
२३ वर्षकी श्रृंखलाले उपाधि जित्न नेपालमा चर्चा भएजस्तो सहज भने छैन । अनलाइन भोटिङमार्फत मल्टिमिडिया अवार्डको विजेता बनेको खण्डमा प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बाटो सहज हुनेछ ।उनले कस्तो पर्फर्मस देखाउछिन त्यो उनीमा भर पर्छ ।
