Gold
Bangad salyan

झुटो समाचार लेख्ने पोस्ट पार्टीका सम्पादक पक्राउ ,,

Salyan

मंसिर ११ ,काठमान्डौ – नेकपाका अध्यक्ष प्रचण्डलाई चितवनमा स्थानिले खुकुरी प्रहार भनेर झुटो समाचार लेख्ने सम्पादक प्रक्राउ परेका छन् ।अन्लाईन पोस्ट पार्टीका सम्पादक गोपाल चन्दलाई काठमान्डौको मनमैजुबाट महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको हो ।

चन्दले भने अर्को अनलाइनबाट उक्त सामग्री साभार गरिएको दाबी गरेका छन् ।तर तेस्मा साभार भनेर भनिएको छैन ।महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार चन्दलाई मनमैजुबाट नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन अन्तरगत अनुसन्धान थालिएको छ ।

उनको अनलाई पार्टी सूचना विभागमा दर्ता पनि छ । विधुतिय कारोबार ऐन अनुसार जाने हो भने कसुरको मात्रा हेरी २ वर्ष देखि ५ वर्ष जेल र ३ लाख भन्दा माथि जरिवाना छ ।