बेटी बचाउ बेटी पढाउ अभियानमा रेखा थापाले सघाउने ,,

मंसिर ११ , जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्रिले अगाडी बढायाको बेटी बचाउ बेटी पढाउ अभियानमा नायिका रेखा थापाले सघाउने भयकि छिन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नायिका थापाले हरेक जिल्लामा कम्तिमा १० बहादुर छोरी बनाउने उद्देश्य रहेको बताइन् ।

आफू मधेसमै जन्मेको नाताले पनि मधेससँग बढी लगाब रहेको बताउँदै मधेसका हरेक छोरी बहादुर हुनुपर्ने धारणा व्यक्त गरिन् । एउटि बहादुर छोरीले अरु धेरै बहादुर छोरी जन्माउने रेखाको भनाई छ ।रेखाले प्राय फ्लिम निर्माण गर्दा पनि महिलाको अवाज उठाउने फ्लिम निर्माण गर्ने गर्छिन ।उनको भर्खरै मात्र पनि चलचित्र मालिका रिलिज भयको छ ।

जसमा पनि महिला शसक्तिकारणका आवाज हरु उठेका छन् ।सरकारले चालु आर्थिक वर्षका लागि ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ । तर आर्थिक वर्षको चार महिना बितिसक्दा पनि रकम खर्च भएको छैन । मुख्यमन्त्री राउतले अभियान सफल बनाउन अब साइकल वितरण जस्ता कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रदेश २ सरकारले ल्याएको कार्यक्रम ‘बेटी बचाऊ, बेटी पढाऊ’ खुलेर प्रशंसा गरेकी छन् । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले समाजको मानसिकता परिर्वतन गराउन नसकेसम्म अभियानले सफलता नपाउने बताए । म छोरी भएर जन्मेकोमा गर्व गर्छु’, उनले भनिन्, ‘छोरी भएर जन्मिने सबैले गर्व गर्न सक्ने समाज निर्माण हुनुपर्छ ।

मुख्यमन्त्रीले नायिका थापाले अभियानलाई प्रभावकारी बनाउन खोजेकोमा प्रसंसा गरे । अभियानका क्रममा चाँडै हरेक जिल्लामा साइकल वितरण गर्ने पनि उनले बताए । प्रदेश प्रहरी भर्नामा ५० प्रतिशत महिला सहभागी गराउनु पनि ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानकै एउटा हिस्सा भएको दावी गरे ।