suekhet
bheriad

श्रमजीवी पत्रकार ऐन लागू गर्न सञ्चार माध्यमलाई दबाब दिइने ,,

lekabesi

मंसिर१२ ,काठमाडौँ –  नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्न आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आह्वानसमेत गरेको छ । बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफैँ सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णय गरको प्रति पनि महासङ्घले आपत्ति प्रकट गरेको छ ।  रासस