सरकारले भुक्म्प पीडितको घरको बिमा गर्ने ,

मङ्सिर ,१२ काठमाडौं – सरकारले भूकम्प पीडित हरुको घरको बिमा गर्ने भएको छ। भूकम्प पश्चात पुनर्निर्माण भएका घरको अनिवार्य बिमाको व्यवस्था गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो सम्बन्धि फाइल मन्त्रिपरि परिषदमा पठाएको हो।
प्रतिघर पाँस सय रुपैयाँमा प्रिमियम बिमा गराउन लागेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए। ‘सो प्रिमियममा सरकारले ५० प्रतिशत थपेर निजी आवासको बिमा गर्न लागेको हो’, उनले भने, ‘यसले पाँच लाख रुपैयाँको जोखिम वहन गर्नेछ।
सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत भूकम्पपछि पुननिर्माण भएका घरको बीमा गराउन लागेको हो। ज्ञवालीले राष्ट्रिय बीमा कम्पनीको भूकम्पपीडितको घरको बीमा गरिने निर्णयलाई बीमा समितिले स्वीकृत दिइसकेको बताए।
