आईजीपीलाई ज्वाई भन्दै ठगी गर्ने प्रहरीको खोरमा ,,
मंसिर,१२ मोरङ – नेपालमा ठगि गर्ने विभिन्न जालो छ। नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल आफ्नो भान्जे ज्वाई भएको बताउँदै ५० जना व्यक्तिलाई ठगी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनि अहिले प्रहरीको खोरमा छन् तेती मात्र हैन ठगि गर्ने व्यक्ति अदालत वा प्रहरी समू मुद्दा हाल्न गय ज्यान समेत लिने धम्कि दियको पिडितले जाहेरीमा बोलेका छन् ।
मोरङको लेटाङ घर भइ विराटनगर ,५ मा बस्दै आएका ओझालाई मोरङ प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । विराटनगर-५ स्थित ससुराली घर बस्दै आएका थिए । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए अनुसार कर्मचारीले तलब माग्दा नदिने र उल्टो धम्कि दिने गरेपछि उनलाई पक्राउ गरिएको बताईएको छ । ओझालाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको केसीले बताए ।
विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र बिजनेश मेनेजमेन्ट ग्रुप खोलेर ५० जनालाई ठगी गरेको आरोप लागेका गुणराज ओझालाई प्रहरीले पक्राउ गरेको हो ।जल विद्युत र बिजनेश म्यानेजमेन्ट गु्रुपको नाममा अधिकृतदेखि पियनस्तरमा ५० जना कर्मचारी नियुक्ति गरेर तलब नदिइ ठगी गरेका ओझाले तलब माग्ने कर्मचारीलाई उल्टो ज्यान मार्ने धम्की दिएपछि पक्राउ गरिएको हो ।
पूर्वराजा ज्ञानेन्द्र साहको आफू विश्वास पात्र भएको बताउँदै आएका ओझाले विराटनगर महानगरपालिका,४ कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवा जलविधुत आयोजना पब्लिक लिमिटेड र बिजनेश मेनेजमेन्ट ग्रुप , बीएमजी) नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई बिभिन्न मितिमा नियुक्ति दिएका थिए ।
कर्मचारीहरुले श्रम कार्यालयमा उजुरी गरेपछि आईजीपी आफ्नो भान्जे ज्वाई भएको बताउँदै ज्यान मार्ने धम्की दिएका थिए ।ओझाले ०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका छन् ।