रुकुम चौरजहारी

गृहमन्त्री सामु विष खाएका लडाकुको एस्तो चेतावनी मन्त्रालयमै जोखिम मोल्न तयार छु ,,

रुकुम आठ विसकोट

मंसिर १२ ,काठमाडौं – गृहमन्त्रालय अघि विष खाएका माओवादी पूर्व लडाकु कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सुरु घोषणा गरेका छन्। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कुसुमले राजधानीको शान्तिवाटिकामा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

‘मेरो हकमा भन्ने हो भने युद्धमा मुक्ति या मृत्यु भनेर लडिएकै हो, गृहमन्त्रीले समेत अपहेलना गरेपछि बाँच्नुको अर्थ नदेखेर मर्छु भनेर विष खाएकै हुँ, तर बाँचियो’ पत्रकार सम्मेलनमा उनले भने,’अब तत्काल हाम्रा मागहरु सम्बोधन नभए मन्त्रालयमै जोखिम मोल्नेछु।’

कम्युनिष्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको उनले बताए। ‘हामीले परिर्वतन गर्यौं, हामीले गणतन्त्र ल्यायौं, आज नेकपालाई दुई तिहाईको मत माग्यौं र सरकारमा पुर्यायौं, तर आज हाम्रो अधिकारबारे किन वास्ता गरिँदैन?’ कुसुमले भने।

युद्धमा बाँडिएका सपना पूरा गर्नैपर्ने भन्दै उनले भने,‘हामीलाई सबै कुरा आउँछ, पढ्ने समयमा पढिएन, हातमा मार्कसिट छैन् तर हातमा हतियार बनाउने सिप छ,। आत्मघाती बनेर खरानी बनाउन सक्ने तागत छ,। स्लामिक स्टेट, बोको हराम बन्न सक्ने हामीसँग ताकत छ।, गरिब हौला, साहस कम छैन्,। हामीले युद्ध लडेको कसैलाई पदमा पुर्याउन र मन्त्री, प्रधानमन्त्री बनाउन होइन,। जनताको जीवन बदल्न, देशको विकास गर्न थियो।उनले भने ।