Simta
Simta
lekbesi

८ वर्षीय बालकलाई हत्या गरि फोहोरको थुप्रोमा यसरी फ्यालिएको थियो ,

Gurvakot

मंसिर,१३ काठमाडौं – काठमाडौंको गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएको बालकको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको छ ।पुलमुनि फोहोर थुपारिएको ठाउँमा जेब्रा झोलाभित्र ८ वर्षीय बालक प्रयास कुँवरको शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् ।

प्रसाईंले भने, हत्यापछि म्हेपीमा शव लुकाएको सूचनापछि त्यहाँ जाँदा बालकको शव भेटियो । उनका अनुसार अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ । होटेलको साहुले बार बार टचर दिने गरेपछि बालकको हत्या गरिएको महेद्रले बयान दियका छन्।

बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको खोजीमा व्यापक प्रहरी परिचालित भएका थिए । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव भेटियो ।

lekbesi
Simta