बालक ‘अपहरणकारी’ को बयान,बुबा अस्पताल गयको बेला …
मङ्सिर १३ , काठमान्डौ – गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा आज ३ दिन पछि उनको शव भेटियो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार घटनामा संलग्न स्याङ्जाका मेहन्द्र सार्की पक्राउ परेका छन् ।
महेन्द्र सार्कीले हत्या बालकलाई उनका बाबु अस्पतालमा गयको बेला चकलेट दियर फकायाको थियो र पहिले गाडीमा लगेर ककनी सम्म घुमायाको बयानमा बोलेको छ। उसले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको हो ।
पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो । सार्की प्रवीणको होटेलको गाडी चलाउने चालक हो ।
जहिले गाडी चलाएर होटेलमा राख्ने मान्छे त्यो दिन आफ्नो रुम नजिक गाडी राखीएको थियो । साहुले काम बाट निकाल्छु भनेर बार बार टचर दिएपछि यो सब गरेको बयानमा बोलिएको छ। बाबुको कारणले छोराको हत्या गर्ने नपिचासलाई के कारबाही हुन्छ थप अनुसन्धान बाँकी छ ।
बच्चा लाई अपहरण पछि हत्या गरिएको महेन्द्र सार्कीको श्रीमती समेतलाई जानकारी थियो । महानगरीए प्रहरीले सार्कीको श्रीमतीलाई पनि पक्राउ गरेको छ ।