नेपाल र कम्बोडियाको हवाई सम्झौता, इन्डोनेसियासँग मात्र बाकि ,,,

मंसिर,१३ काठमाडौं – नेपालले कम्बोडिया बीच हवाई सम्झौता भयको छ । पहिलोपटक दुईपक्षीले यस्तो सम्झौता गरेको हो ।बिहीबार बेलुकी प्रधानमन्त्री केपी शर्मा अोलीको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका पर्यटन मिनिस्टर इन्चार्ज माओ हानाभालले हवाई सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अब कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४-१४ पटक सीधा हवाई उडान भर्न सक्नेछन् । कम्बोडियामा अहिलेसम्म नेपालबाट सीधा हवाई उडान सेवा सुरु भएको छैन । अब नेपाल एयरलाइन्सलाई पनि कम्बोडियामा गन्तब्य विस्तार गर्ने बाटो खुलेको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बाैद्ध धर्मालम्बी र पर्यटकलाई यसले सोझो फाइदा पुग्ने पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । उनकाअनुसार कार्गो उडानलाई पनि सम्झौताले खुला राखेको छ ।कम्बोडियामा पनि ठूलाे ‘एङ्कर वाट’ हिन्दु मन्दिर छ, त्यसैले नेपाल र कम्बोडियाको पर्यटन विकासम यो सम्झौता महत्वपूर्ण छ,’ आचार्यले भने ।

lekbesi

सरकारले पछिल्लो सयममा अष्ट्रेलियासँग पनि हवाई सम्झौताका लागि छलफल गरिरहेको छ ।आसियान देशहरुमा अब नेपालले इन्डोनेसियासँग मात्रै सीधा हवाई उडान सम्झौता गर्न बाँकी छ ।