युरोपको ११ देशमा प्रसाद को माग ,,

चलचित्र प्रशादको युरोपमा उच्च माग भयको निर्माण पक्षले जानकारी गरेको छ ।चलचित्रको ट्रेलर र गीतले गर्दा निकै चर्चामा रहेको प्रशाद युरोपका ११ वटा देशमा प्रदर्शन हुने छ ।युरोप वितरको अधिकार सुरज कार्कीले लिएका छन् ।
उनले ११ देशमा २० शो बुक हुँदा अन्य देशबाट पनि माग बढेको बताए । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वे लगायतका देशमा चलचित्रको प्रदर्शन पक्का भएको छ । चलचित्रका मुख्य कलाकार निश्चल बस्नेतको क्रेज र गीतसंगीतले मन जितेका कारण माग बढेको हो ।

चलचित्रका मुख्य भूमिकामा विपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेत छन् चलचित्रले निःसन्तान दम्पत्तीको कथालाई उठान गरेको छ । चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् ।सुशिल पौडेलको लेखनलाई दिनेश राउतले निर्देशन गरेका छन् ।
जाँउ माया सरर ए लै लै , बनकि चरी गीतले चलचित्रको माग ह्वात्त बढेको देखिन्छ। जुन गीतको कोरियोग्राफर शिव बिकले गरेका हुन्।

