काबुल आक्रमणममा १० जनाको मृतु ११ नेपाली घाईते ,,
मंसिर १४ ,काठमाडौं – अफगानिस्तानको काबुल आक्रमणमा परी १० जानको मृतु भएको छ भने १६ जना घाइते भएका छन्। घाइते मध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ । जीफोरएसको कार्यालय परिसरमा बुधबार आक्रमण भएको थियो । नेपालीको परिचय र अवस्था भने खुलाएको छैन ।
घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो ।
घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ । सरकारले नेपालीका लागि अफगानिस्तान जान रोके पनि तेहा थलो संख्यामा नेपालि छन् ।धेरै जसो सुरक्षा कर्मिको रुपमा भयको पुस्टि छ ।यसअघि काबुलको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।