चलचित्र समर लभले आफ्नो पहिलो गीत साया रिलिज गर्दै …
चर्चित उपन्यास समर लभ चलचित्रमा दर्शक माझ यहिँ माघ २५ बाट आउदै छ । जसका लेखक सुबिन भट्टराई हुन् ,सोहि चलचित्र समर लभले आफ्नो पहिलो गीत सार्वजानिक गर्ने तयारि गरेको छ ।
चलचित्रमा तिन वटा गीत समावेश गरिने निर्माण पक्षले जानकारी गरेको छ । मध्येको पहिलो गीत १७ गते निर्माण पक्षले रिलिज गर्ने तयारी गरेको छ । पुस्पन प्रधानले नेपाल आईडलमा पन्क्षि फर्केर आऊ बोलको गीत गाएका थिए। जुन गीत सबैको मन मुटुमा बसेको थियो र सर्वाधिक रुचाईएको थियो।
सोहि गीतका गीतकार पुष्पन प्रधानको स्वर संगीत रहेको साया बोलको गीत रिलिज हुँदै छ । मुस्कान ढकालले निर्देशन गरेको चलचित्र समर लभलाई नाईटिङ्गेल इन्टरटेनमेन्टले प्रस्तुत गरेको छ । समर लभले आफ्नो टिजरपनि सार्वजानिक गरेको छ । समर लभ अहिले समकै सर्वाधिक चर्चा र सेलिङ् भएको उपन्यास हो ।
चलचित्रमा आशिस पिया , रेवती छेत्री , सुरज सिंह ठकुरी नम्रता सापकोटा मुख्य भूमिकामा छन् । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन् ।अर्जुन जिसीको सम्पादन छ ।चलचित्र लभ स्टोरीमा तयारि भएको हुनाले प्रेम दिवसलाई लक्षित गरि प्रदर्शन गर्न लागेको निर्माण पक्षले जानकारी गरेको छ ।