Gold
Bangad salyan

एडसबाट बाँकेमा मात्र १२६ जानाको मृतु ,,

Salyan

मङ्सिर १४ नेपालगन्ज – बाँके जिल्लामा एक सय २६ जनाको एड्सबाट ज्यान गएको छ।जिल्ला एड्स समन्वय मिति बाँकेका फोकल पर्सन रामबहादुर चन्दका अनुसार यो आर्थिक वर्षमा मात्र एड्सबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।

अघिल्लो आर्थिक वर्षमा १४ जनाको मृत्यु भएको थियो। यो आर्थिक वर्षको ५ महिनामै झन्डै गत वर्षकै हाराहारीमा ज्यान गुमाएका छन्। जिल्लामा एचआइभी संक्रमितको संख्या भने एक हजार ८० छ।

ती मध्ये झन्डै आधाले मात्र एआरटी सेवा लिएका छन्। भेरी अञ्चल अस्पतालमा एआरटी सेवा लिनेको संख्या चार सय ६२ रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। जिल्लाका पाँच स्थानमा एचआइभी परीक्षण गर्ने व्यवस्था छ।

भेरी अञ्चल अस्पताल, एनसार्क, टीबी नेपाल, सैनिक अस्पताल र नेपाल परिवार नियोजन संघले यो सेवा विगत दुई वर्षदेखि प्रदान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।परीक्षणको सेवा विस्तार भएपछि हरेक वर्ष एचआइभी संक्रमितको संख्या पनि बढ्दो अवस्थामा छ। प्रतेक वर्ष नँया संक्रमित बढीरहेको तथ्याङ्क छ। पोहोरको वर्ष र अहिलेको वर्ष भन्दा संक्रमित २४ जानाले बढेका छन्।