सुर्खेतमा बस दुर्घटना ३ जनाको मृतु ,,

मंसिर १५ , काठमान्डौ – सुर्खेतको कपासे नजिक कट्कुवामा शनिबार बस दुर्घटना भएको छ । पिक्निक खाएर फर्कदै गर्दा भे १ ख ८५९ नम्बरको बस साँझ करिव साढे ६ बजेतिर वीरेन्द्रनगर,१४ को कट्कुवामा दुर्घटनामा भयको हो । सुर्खेतको लेकबेशी नारजलेबाट शनिबार पिक्निक खान गएका थिए ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेसी,८ कुइनेपानीकी जानकी दर्लामी, देउकी पुलामी र गाडी चालक रहेका छन् ।

मृत गाडी चालकको नाम ठेगाना भने खुल्न सकेको छैन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरिबहादुर विसीले जानकारी दिए ।घाइतेमध्ये २२ जनालाई प्रदेश अस्पताल सुर्खेत र ९ जनाको माया नर्सिङ्ग होममा उपचार भैरहेको छ ।