Gold

मरेको बच्चाले नेपाल हलाउन सक्छ भने जिउदोले के गर्लान ,,

Naumule Migrate

मंसिर १५ , काठमान्डौ – सम्पूर्ण नेपालीको जित भएको छ। ओली सरकारले यौटा मरेको मान्छे संग हारेको छ। उनि तेही निर्मला पन्त हुन् ।कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई न्यायको माग गर्दै युवाहरुले बिजुलीका पोल र सडक छेउका बारमा पोस्टर टाँसेका छन् तर पछि पछि सरकारले प्रहरी दमन गर्दै पोस्टर च्यात्न लागको छ ।

पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म ‘निर्मलाको निम्ति न्याय’ लेखिएका पोस्टरहरु धेरै टाँसिए तर, प्रहरीले च्यातिदियो । काठमाडौंमा शुक्रबार प्रहरीले निर्मलाको तस्वीर भएको पम्लेट मात्रै च्यातेन, टाँस्नेलाई गिरफ्तार नै गर्‍यो ।

यो देशमा ‘दुई तिहाई’को राजमा बलात्कार गर्न पाइन्छ, मान्छे मार्न पाइन्छ तर, न्याय माग्न पाईँदैन,’ इन्जिनियर डा. वसन्त गौतम चिच्याए, ‘न्यायको माग गरिएको पोस्टर च्यातेर कस्तो शान्ति सुरक्षा कायम गर्दैछ यो सरकार ?’न्याय माग्दै देशभर निस्किएको आवाजलाई दबाएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै युवाहरुले सरकारको आलोजना गरे ।

उनीहरुले केपी ओली नेतृत्व सरकारको विरुद्धमा नारामात्रै लगाएनन्, गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन् । केही युवाको विरोधलाई नियन्त्रण गर्न र टाँसिएका पोस्टरहरु च्यात्न २ डीएसपी र पाँच इन्स्पेक्टरको नेतृत्वमा प्रहरी सडकमा तैनाथ थिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीको टोलीले विपी चोकको आइल्यान्डमा टाँसिएका पोस्टर च्यातेर फाले ।

पानि जाहज, मेट्रो ,समृद्दा नेपालको सपना खोज्ने सरकारले पहिले निर्मलाको हत्यारा पत्ता लगावास हैन भने कसैलाई पनि छुट छैन ।ईतिहास साची छ जनताले चाहे भने पृथिवी ढाल्न सक्छन भन्ने कुरा यो समाचार ठुला भनाउदाको कानमा जावोस।

Naumule Badhipahiro