गोंगबुका प्रयास कुवरको हत्या आफन्त बाट भएको थियो ,,

मंसिर १६ ,काठमान्डौ – सानो गल्ति भनौ भने जिन्दगि गयो, पैसाको खेल भनौ भने फिरौती माग छैन ।तर यो कुरा अचम्म लाग्छ साहुले काम बाट निकाले अन्त काम पाउन सकिन्छ। हातमा सिप छ भने कसैले रोक्न सक्दैन । के महेन्द्रले काम बाट निकाल्दिन्छु भन्दैमा बालक अपहरण गरि हत्या गरेत ? यो भने खुल्ला बाँकि छ।

काठमान्डौको गोंगबुबुस पार्क जनिक स्वस्तिका गेस्ट हाउसका छोरा प्रयास कुवरको हत्या आफ़न्तरि बाट भएको बयान खुलेको छ। प्रयासका बुबा , आमा अस्पताल गएको मौका छोपी आफ्नै गेस्ट हाउसमा काम गर्ने ड्राईभर महेन्द्र सार्कीले अपहरण गरि ८ वर्षीय बालकको विभत्स्व हत्या गरे ।

एक महिनाअघि मात्रै १४ हजार रुपैयाँ तलबमा गेस्ट हाउसका पाहुना ओसार्ने स्कोर्पियो चलाउने जिम्मा पाएका उनले काममा लापरबाही गरेको भन्दै मालिक प्रवीण कुँवरले पटकपटक निकालिदिने भनेका थिए। गेस्ट हाउसको गाडीले अरु होटलका पनि मान्छे लुकीलुकी बोक्न थालेपछि रिसाएका गेस्ट हाउस मालिकले हप्काएदेखि नै एसकेले बदला लिने योजना बनाएको खुलेको छ।

बालक प्रयासलार्इ मंगलबार साँझ गेस्ट हाउसबाट नागार्जुन जंगलमा लगेर घाँटी र नाकमुख थिचि हत्या गरेको सार्कीले प्रहरी समक्ष बयान दिएका हुन्।आमा बाबुले बालक हरायको सुचना महानगरीय प्रहरी वृत्त महाराजगञ्ज गएर रिपोर्ट गरेपछि ड्राईभरलाई पनि सोधियो तर उनले आफुलाई थाहा नभयको जानकारी गरे।

बालक फेला नपरे पछि ड्राईभरमा नै अनुसन्धान थालियो किन कि उनको नजिक भनेको महेन्द्र नै हुन् ।महेन्द्रलाई प्रहरी चौकीमा लगेर अनुसन्धान गर्दा आफै सरा सर आयर महिपिको पुल मुनि बालकको सव राखेको जानकारी गरे। यति मात्र हैन महेन्द्रले घर परिवार आफन्त लगायत प्रहरीलाई कहिले कहिँ त कहिले कहिँ मजाले उल्लु बनाउदै घुमाए ।पलस्टिकको जेब्रा झोलामा लास कोचेर हालीएको खण्डमा भेट्दा सबै अचम्म परे ।

तेसैले बुझ्न पर्ने कुरा यो छकि आफन्त बाटनै अपहरण , चोरी, बलात्कार हुने भयको घटना ब्यापक छन् एसमा आफु चनाखो हुन जरुरि छ।