५ करोड तिर्न नसक्दा राजपाल यादवलाई ३ महिना जेल सजाय ,,

बलिउडका चर्चित कमेडियन कलाकार राजपाल यादवलाई ३ महिना जेल सजायँ हुने भएको छ । सन् २०१० मा चलचित्र निर्माणको लागि लागेको ५ करोड रुपैयाँ यादवले अहिले सम्म तिर्न सकेका छैनन् ।उनले निर्माण गरेको ‘अता पता लापत्ता’ चलचित्र सन् २०१२ मा रिलिज भएको थियो ।

तर, यो चलचित्रले जम्मा ३८ लाखको मात्र व्यापार गरेको थियो । चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो ।भारतको चर्चित अनलाइन बलिउड हंगामाका अनुसार, भारतको उच्च न्यायलयले उनलाई यस्तो आदेश दिएसँगै अब उनलाई प्रहरीले पक्राउ गर्नेछ ।

उनको कम्पनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो । उनले मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएका थिए ।चलचित्र डुबेपछि यादवले ऋण फिर्ता गर्न नसकेका हुन् । यादवले आफूले ऋण लिएको नभई उक्त कम्पनीले चलचित्रमा लगानी गरेको बताएका थिए ।

lekbesi

तर, कागजी संझौतामा ऋण उल्लेख भएकाले पनि उनको बयानलाई अदालतले सुन्न चाहेन ।यादव चर्चित कमेडीएन हुन् सायद जति सुकै ऋण लागे पनि ५ करोड त उनले सापटी गरेर भयानी तिर्छन कि ?