चलचित्र जानी नजानीको फस्टलुक ,,

मंसिर १७ , काठमाण्डौ – चलचित्र जानी नजानी चैत्र १ बाट रिलिज हुने निर्माण पक्षले जानकारी गरेको छ। चलचित्रलाई रोशनी केसीले प्रस्तुत गरेकी छिन ।

मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा रहेको चलचित्र जानी नजानीमा बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको छ। श्रीधर पौडेलको फोटोग्राफीलाई कलरब्लाइन्डले फस्टलुकको रुप दिएको हो ।

सामिप्यराज तिमिल्सेनाको कथा , पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ , सन्नी सिंह , नम्रता श्रेष्ठ , रोशनी केसी लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा बस्नेत फिल्मनगरीमा डेब्यु गर्दैछिन ।