पाँच लाख ३१ हजार सहित जुवाडे पक्राउ ,,

मंसिर १७ , काठमान्डौ – जुवा खेल्दै गर्दा काठमान्डौको जोरपाटी नयाँबस्तीबाट प्रहरीले ५ लाख ३१ हजार फेला पारेको छ । जुवाको खालबाट
१३ जना सहित कौडापनि प्रहरीले फेला पारेको छ।
महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौं महानगरपालिका,६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई पक्रेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भई होटल सञ्चालन गर्दै आइरहेका राम कार्की, बाराका राजकुमार तिवारी र काभ्रेका ३४ वर्षीय केशव नेपाल छन् । त्यसैगरी उदयपुरका ३० वर्षीय मानबहादुर मगर र सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनारलाई पनि प्रहरीले जवाखालबाटै नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
