चलचित्र पुरानो बुलेट चैत्र १ मा गीत असार पन्ध्रमा ,,
चलचित्र पुरानो बुलेट चैत्र १ गतेबाट रिलिज हुँदैछ ।भिषण राइको निर्देशनमा बनेको चलचित्रमा अनुप, बर्षाको साथमा माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखियाको मुख्य भूमिका छ ।
चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषणकै छ । चलचित्रलाई अशोककुमार राइ, टिकाराम राई, विरेन साम्बा, दिपेन लिम्बुको लगानी छ । सन्तोष राई चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा समावेश ‘दही चिउरा असार पन्ध्रमा’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीले नायिका बर्षा सिवाकोटीसँग नृत्य गरेका छन् ।उत्तमजंग लिम्बुको संगीत रहेको गतिमा उत्तम र मेलिनाको स्वर, राम भट्टराइको शब्द छ । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको गीतको भिडियोलाई नेपाली मौलिकता जोडेर छायांकन गरिएको छ ।