पत्नीको सव गाडिएको ठाँउमा बुसको सव पनि गाडिने, बुसप्रति ट्रम्प दम्पत्तीको सम्मान ,

मंसिर,१८ काठमाडौं – दिवंगत पूर्वअमेरिकी राष्ट्रपति जर्ज एचडब्लू बुसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र र उनकी पत्नी मेलानियाले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अमेरिकी पूर्वराष्ट्रपति बुसको गत शुक्रबार ९४ वर्षको उमेरमा निधन भएको थियो । बुसको पार्थिव शरीर एयरपोर्समार्फत् टेक्सासबाट वासिंटन डीसी ल्याएर रोटुंडामा राखिएको छ । ट्रम्प दम्पत्तीले त्यही पुगेर दिवंगत बुसप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बुस परिवार र ट्रम्पबीच विगतमा द्वन्द्व थियो । यद्यपि, ट्रम्प श्रद्धाञ्जलीका लागि क्यापिटोलमा पुगेका छन् । र, बुधबार हुने बुसको अन्तिम संस्कारमा समेत सहभागी हुँदैछन् ।रोटुंडामा बुधबार औपचारिक समारोह हुँदैछ । जसमा सर्वसाधारणलाई पनि सहभागी गराइँदैछ । बुसको सवलाई उनको पत्नी बारबरा गाडिएकै टेक्सासस्थित घरमा समाधिस्थ गरिने कार्यक्रम छ ।
