निर्मला हत्या प्रकरणमा सरकारको चलाखी, काठमान्डौ बाट एक व्याक्तिलाई पक्राउ ,,
मंसिर १९ , काठमान्डौ – निर्मला पन्तको हत्यारा पत्ता लागाउन सरकारले पुन : एक जनालाई पक्राउ गरेको छ। नाम गोप्य राखीएको ब्याक्ति कन्चनपुरका हुन् ,उनलाई काठमान्डौ बाट नियन्त्रणमा लिईएको प्रहरीले जानकारी गरेको छ। पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् ।
उनको डिएनए पनि परिक्षन गरिने छ । कन्चनपुरमा पनि उनलाई शंकास्पद भनिएको थियो, उनि भारत गएको भनिएपनि काठमान्डौमा फेला परेका छन्। उता घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाही भने घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताउँछन् ।
अनुसन्धानका लागि एक जना मात्रै होइन, थुप्रै व्यक्ति हामीले नियन्त्रणमा लिएका छौं’। , उनले भने,। ‘तर, अहिल्यै तपाईंहरुलाई दिन कुनै उपलब्धिमूलक सूचना छैन । अनुसन्धान तिब्र रुपमा भईरहेको छ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान हुन थालेको चार महिना भयो तर अहिले सम्म यहि भनेर पत्ता लाग्न सकेको छैन । निर्मलाको न्यायको लागि नागरिक समाज विभिन्न राजनीतिक दलको सडकमा चर्को नारा बाजी चलेको छ।