Simta
Simta
lekbesi

निर्मलालाई न्याय माग्ने १२ जना राष्ट्रपति निवास अघिबाट पक्राउ,,

Gurvakot

मङ्सिर २० ,काठमाडौं – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग्दा राष्ट्रपति निवास अगाडि पुगेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।महाराजगञ्जस्थित राष्ट्रपति निवास अगाडि पुगेका जस्टिस फर निर्मलाका अभियन्ताहरूलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। पक्राउ पर्नेमा अभियानका प्रितम सुवेदीसहित छन्।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४) मा सहभागी भएर राष्ट्रपति विद्यादेवी भण्डारी आजमात्र पोल्यान्डबाट स्वदेश फर्किएकी छन्। उनी स्वदेश फर्किएको मौका पारेर प्रदर्शनकारीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्।

प्रहरीले पनि निर्मलाको हत्या बारेमा खोजि कार्य तिब्र पारेको छ ।हिजो पनि काठमान्डौ बाट एक जना र महेन्द्रनगरबाट ३ जनालाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जानकारी गरेको छ।

lekbesi
Simta