चलचित्र प्रशाद भोलिदेखि हेर्न पाईने ,,

चलचित्र प्रशाद भोलि मंसिर २१ गते बाट हलमा प्रदर्शन हुने छ । प्रदर्शन मिति नजिकिए संगै ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ। चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र हेर्न पुगेका हाँस्य कलाकार दिपकराज गिरीले फरक कथामा नेपाली मौलिकपन बोकेको चलचित्र बनेको बताए ।चलचित्रमा कमेडी बिषय हाबी भैरहेको समयमा दर्शकले फरक बिषयसँग साक्षात्कार गर्ने मौका यो चलचित्रबाट पाएका छन् ।

निःसन्तान दम्पत्ती, उनीहरुको जीवनमा छाएको खुशी र आइपरेको अप्ठ्यारोमा यो चलचित्र बनेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रको केन्द्रविन्दुमा छन् ।सुशिल पौडेलको कथामा तयार भएको चलचित्रलाई दिनेश रावतले निर्देशन गरेका हुन् । चलचित्रका गीतले पनि दर्शकको मन जितेको छ ।